ट्रयाक्टरमा च्यापिएर चालकको ज्यान गयो

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तिपुरमा गएराती ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक मकवानपुरकै राक्सिराङ गाँउपालिका–८ का २८ वर्षीय सागर स्याङतान रहेका छन् ।

गएराती २ बजे हेटौडाको भुन्द्रुङबाट बस्तिपुरतर्फ आउँदै गरेको ना ६ त १८४५ नम्बरको ट्रयाक्टर स्थानिय राप्तिखोलामा खसेको थियो । काठको पुल भाँचिएर ट्रयाक्टर खोलामा खस्दा चालकको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टरमा सवार स्थानीय १६ वर्षीय विशाल बल भने सकुशल रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार