एमाले सांसदले बिरोध गरेपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

पिसिआर परिक्षण गरेपछि मात्रै बैठक बस्नुपर्ने भनाई

नेपका एमालेले गण्डकी प्रदेश सभाको विशेष अधिवेशनको आजको बैठक अवरुद्ध गरेको छ । पिसिआर परीक्षण बिना संसद राखिएको भन्दै एमालेले संसद अवरुद्ध गरेको हो । बैठकको सुरुआतमा बोल्दै एमाले सांसद राजीव पहारीले पिसिआर परीक्षण गरेपछि मात्रै बैठक बस्ने बताए ।

एमाले सांसदले सदन अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि सदन स्थगित गरेका छन् । सदनमा बोल्दै एमाले सांसद राजीव पहारीले जनतालाई घर भित्रै थुनेर प्रतिनिधिहरु भेला हुन नहुने बताएका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार