त्रिभुवन विमानस्थलमा देखिएको समस्या समाधान, उडान दिनभरि नै प्रभावित हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा देखिएको समस्या समाधान भएको छ । तर बिहानदेखि नै जहाज उडानमा ढिलाइ भएकाले दिनभरि नै उडान सेवा भने प्रभावित भएको छ ।

बिहान ६ बजेअघि नै प्राविधिक समस्या देखिएकाले उडान अवतरणमा केही समस्या भएको थियो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार राडारमा समस्या देखिँदा उडान तोकिएको समयभन्दा आधा घण्टा ढिलो भइरहेको छ ।

ढिलो भए पनि उडान नरोकेको उनले बताएका छन् । पुराना उपकरणका कारण बेलाबेलामा यस्तो समस्या आउने गरेको पनि उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार