प्रेमिका खोस्नेलाई साथी बोलाएर खुकुरी प्रहार गरेपछि…

काठमाडौंमा दिनदहाडै १० जनाको समूहले एक युवकमाथि खुकुरी प्रहार गरेका छन् । घटना बुधबार दिउँसोको हो ।खुकुरी प्रहारबाट दोलखाको भीमेश्वर नगरपालिका घर भई ललितपुरको टिकाथली बस्दै आएका २५ वर्षीय सुरज खड्का घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनीमाथि काठमाडौं महानगरपालिका–३१ स्थित शंखमुलमा खुकुरी प्रहार भएको थियो ।

सुरजलाई खुकुरी हान्ने मध्येका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा नाम्दु घर भएका ३४ वर्षीय रोशन लामा, भक्तपुरको थिमीमा बस्ने २३ वर्षीय पुकार केसी र सिन्धुपाल्चोक घर भएका प्रवीण नेपाल छन् । रामेछापको मन्थली घर भएका राजेश बुढाथोकी र खाँडादेवी गाउँपालिका घर भएका २७ वर्षका सञ्जीव मोक्तानलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रेमिका खोसेको निहुँमा सुरजमाथि खुकुरी प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रारम्भिक अनुसन्धानबाट उनीहरूको बिचमा लेनदेन विवाद पनि देखिएको अपराध महाशाखाका एसपी कोइरालाले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार