पल-गायिका प्रकरण : दुर्गेशले दिए यस्तो बयान

नाबालिका गायिकालाई जबरजस्ती करणी गरेको ओरोप लागेका अभिनेता पूर्ण विक्रम शाह (पल शाह) विरुद्धको मुद्धामा आज पनि बहस जारी छ ।पीडितका पक्षमा बुधबार ९ जना कानुन व्यवसायीले बहस गरेका थिए।पीडितको पक्षबाट बुधबार जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, अधिवक्ताहरू राधिका खतिवडा, मोहना अन्सारी, किशोर सापकोटा, सरिता तिवारी, टेकनारायण गौतम, विमल लामिछाने, सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले बहस गरेका थिए।

पलका पक्षबाट बुधबार २ जनाले बहस गरेका थिए भने बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेको बहस टुङ्गिएको छैन।आज बिहान ११ बजेदेखि वाग्लेको बहस फेरि सुरू हुनेछ।थुनछेक बहसमा पीडितका पक्षबाट बहसमा उत्रिएका कानुन व्यवसायीले पीडकलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरेका छन्।थुनछेक बहस सकिएपछि अभियुक्तलाई पुर्पक्षका लागि जेल पठाउने कि धरौटी वा तारेखमा छाड्ने भन्ने निर्णय आउनेछ।

यता सोहि प्रकरणमा मुछिएको विषयमा गायक दुर्गेश थापाले पनि बयान दिएका छन् । दुर्गेस नामले चिनिने दुर्गाबहादुर थापाले दिएको बयानमा शाहले किशोरीमाथि बलात्कार गरेको सुन्नमा आएकाले पीडितलाई न्यायको लागि अघि बढ्न सुझाव दिएको बयान दिएका छन् ।जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा दायर गरेको अभियोगमा पत्रअनुसार दुर्गेशले काठमाडौंको अनामनगरमा आफूहरु भेला भएर पीडितलाई कानुनी प्रक्रियामा अघि बढ्न सुझाव दिएको बयान दिएका हुन् ।

उनले पीडित किशोरी र पलसँग एकै समूहमा काम गर्दै आएको उल्लेख गर्दै बाग्लुङको गल्कोटस्थित बिद्यालयको सांस्कृति कार्यक्रममा पनि सँगै सहभागी भएको बताएका छन् । त्यहाँ २०७७ चैत १३ गते जाँदा पीडित नाबालिका, प्रतिवादी, अन्य साथीहरू कृष्ण जोशी, सम्राट चौलागाई र योगेश काजीसँगै भएको उनको बयानमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार