पोखरामा स्कुल बस र स्कुटर ठोक्किंदा एक युवाको मृत्यु

पोखरामा स्कुल बस र स्कुटर एक आफसमा ठोकिदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ घर भई हाल पोखरा महानगरपालिका १४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेका छन् ।किस्मतले चलाइरहेको स्कुटर एक पैदलयात्री महिलालाई ठक्कर दिएर स्कुल बससँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना आज (बिहीबार) बिहान करिब ६ बजेतिर भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।

चाउथेबाट विजयपुरतर्फ आउँदै गरेको ग२२प ००७ नम्बरको स्कुटरले सुरुम ३२ वर्षीय टेकमाया घर्तीलाई ठक्कर दिएको थियो । लगत्तै विपरीत दिशाबाट आइरहेको पोखरा १५, रामबजातस्थित गोल्डेन फ्युचर बोर्डिङ स्कुलको ग१क ९९६ नम्बरको बसमा ठोक्किन पुगेको थियो । स्कुटर चालक घाइते वाग्लेलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार