माछा मार्ने बम विस्फोट हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी

रामेछापमा माछा मार्न प्रयोग गरिएको बम विस्फोट हुँदा एक जना घाइते भएका छन् । हिमगंगामा बिहीबार बिहान माछा मार्न प्रयोग गरिएको बम विस्फोट भएको हो । घाइते हुनेमा

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङका अनुसार रामेछाप नगरपालिका–६ बसेरी जलजलेस्थित लिखु नदीमा माछा मार्नका लागि बनाएको घरेलु बम विस्फोट हुँदा रामेछाप नगरपालिका–४ धारापानीका ३५ वर्षीय टुकबहादुर श्रेष्ठ घाइते भएका छन् । उनलाई उपचारका लागि साँघुटार लगिएको छ । उनको अवस्था गम्भीर रहेको र थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाउने प्रयास भइरहेको स्थानीय केशव घिमिरेले वताए ।

विस्फोट गराउनका लागि सहयोग गर्ने अर्का अपरिचत व्यक्तिलाई रामेछाप–४ का वडा अध्यक्ष टुपेन्द्र तामाङले नियन्त्रणमा लिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार