सिराहाको मिर्चैयामा सानिमा बैंक

सानिमा बैंकले सिराहाको मिर्चैयामा नयाँ शाखा खोलेको छ ।

सो शाखा कार्यालयको वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा उद्घाटन गरे। उद्घाटन समारोहमा मह जोडीले सिराहाको मिर्चैयामा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षण रहने बताए ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय २५ कार्यालय र १ सय १४ वटा एटीएम सञ्चालनमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार