नेविसंघ र तरुण दलको अध्यक्ष नियुक्तिमा शेखरको आपत्ति

काठमाडौं । नेपाली कांग्रे‍सको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व चयनप्रति डा. शेखर कोइरालाले आपत्ति जनाएका छन् । सभापति शेरबहादुर देउवाले परामर्श नगरेको भन्दै कोइराला पक्षले आपत्ति जनाएको हो ।

नेता शेखर पक्षको बैठकले मनोनित व्यक्तिप्रति आपत्ति नरहेपनि विना परामर्श चयन गरेकोमा असन्तुष्टि व्यक्त गरेको हो । सभापति देउवाले नेविसंघमा दुजाङ शेर्पा र तरुण दलमा विद्धान गुरुङलाई अध्यक्षमा मनोनित गरेका थिए । शेखरका पक्षका पदाधिकारी र केन्द्रीय सदस्यको बैठक कमलपोखरीमा बसेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार