बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । प्रदेशसभाको चालू नवौं अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले बताए ।

सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउन पर्ने भएकाले आज नै हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । सरकारले बजेट निर्माणको काम तिव्र रुपमा गरिरहेकाले संसद्को बजेट अधिवेशन छिट्टै नै आह्वान गर्ने उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार