एमाले बैठकमा प्रदेशको रिपोर्टिङ : फुटको असर छैन, गठबन्धन भए पनि एक्लै चुनाव जित्छौँ

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा सातवटा प्रदेशका अध्यक्षले रिपोर्टिङ गरेका छन् । उनीहरुले स्थानीय चुनाव लक्षित पार्टीको तयारी तथा सम्भावित नतिजाको आँकलनसहित रिपोर्टिङ गरेका हुन् ।

बैठकमा प्रदेश अध्यक्षहरुले पार्टी प्रति तीब्र जनआकर्षण बढेको, आधारभूत तहदेखिकै कमिटीहरु चलायमान भएको र फुटको असर अत्यन्त न्यून रहेको रिपोर्टिङ गरेको बताइएको छ ।

प्रदेश १ का तुलसीप्रसाद न्यौपाने,मधेश प्रदेशका रामअवतार यादव,वागमतीका केशव पाण्डे,गण्डकीका नवराज शर्मा,लुम्बिनीका राधाकृष्ण कँडेल, कर्णालीका विनोद कुमार शाह र सुदूरपशिचमका दामोदर भण्डारीको रिपोर्टिङपछि एक घण्टाका लागि बैठक स्थगित भएको छ । बैठकमा गठबन्धन हुँदा र नहुँदाको चुनावी परिणामबारे समेत छलफल भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार