संघीय सरकार सहज ढंगले चलाउन स्थानीय तहमा बहुमत आवश्यक : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा बहुमत ल्याउने गरी योजना बनाएर अघि बढ्ने केन्द्रीय सदस्यरूलाई निर्देशन दिएका छ । ओलीले संघीय सरकार सहज ढंगले चलाउन पनि स्थानीय तहको बहुमत स्थानमा चुनाव जित्नुपर्ने बताए । बुधवार शुरु केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले बहुमत स्थानीय तहमा विजय हासिल गर्ने गरी जयारीमा जुट्न आग्रह गरेका हुन् ।

‘केन्द्रमा बहुमतको सरकार बनेपछि पनि विकास जनताको घरदैलोमा पुर्‍याउने स्थानीय तह हुन् । स्थानीय तहमा महत्त्वपूर्ण ठाउँमा बहुमतसहित विजय हासिल गर्न सकेनौँ भने सहज नहुन सक्छ,’ ओलीले भने ।

ओलीले संगठनात्मक, प्रचारात्मक र अरू पक्ष कसरी अगाडि बढाउने यसै बैठकले तय गर्ने बताए । ‘आजका समस्या र चुनौतीको समस्या र समाधान गर्ने अभिभारा नेपाल एमालेसँग छ,’ ओलीले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार