क्रिकेट टोली आज स्वदेश फर्कने

आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखला खेलेर नेपाली क्रिकेट टिम आज बुधबार स्वदेश फर्किँदै छ । नेपाली टोली साँझ ७ः १० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । लिगमा चार खेल खेलेको नेपाल दुई खेलमा जित र दुई खेलमा पराजित भएको थियो ।

नेपालले पहिलो खेलमा पपुवा न्युजिनी (पीएनजी) दुई विकेटको जित निकालेको थियो । नेपालले दोस्रो खेलमा युएईसँग ४८ रन र तेस्रो खेलमा ९९ रनले पराजित भएको थियो । नेपालले मंगलबार भएको अन्तिम खेलमा पीएनजीमाथि ७ विकेटको जित निकालेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार