भारतबाट हुुने करिब ७० प्रतिशत विद्युत् आयात प्रभावित, लोडसेडिङबारे के भन्छ प्राधिकरण ?

भारतबाट नेपालमा दैनिक आयात हुने बिजुलीकाे करिब ७० प्रतिशत मात्रा घटेपछि नेपाल विद्युत प्राधिकरणलाई संकट परेकाे छ ।भारतमा बिजुली चरम रुपमा महगिंदा आयात गर्न कठिन भएपछि मागअनुसार विद्युत आपूर्तिमा समस्या पर्ने देखिएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए ।

नदीमा पानीको सतह घट्ने भएकाले चैत महिना दैनिक १२ हजार मेगावाट/आवर बिजुली भारतबाट ल्याउनुपर्छ । तर बिजुली महँगो भएपछि नेपालले ले बिजुली किन्न हालेका ‘बिड’हरू परिरहेको छैन जसले गर्दा विद्युत आपूर्ति आयात प्रभावित भएकाे हाे ।

युक्रेन-रुस युद्ध सुरू भएपछि भारतमा बिजुलीको मूल्य आकासिएसँगै नेपालमा आयात प्रभावित भएपछि प्राधिकरणले उद्योगहरुमा दिने बिजुली कटौती गर्न थालेको छ ।

विद्युत प्राधिरकणले भारतसँग विद्युत खरिदका लागि सम्झौता गरेका भारतको एटीपीसी विद्युत व्यापार निगम र पावर ट्रेड कर्पोरेसनले पनि मूल्य आकासिए पछि विद्युत आपूर्ति सुनिश्चित गर्न सकेका छैनन् । यसले प्राधिकरणलाई संकट पर्ने देखिएको छ । जसकाे परिणाम स्वरूप लाेडसेडिङ हुनसक्ने अवस्था देखिन्छछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार