खाद्यान्न र औषधि पसलबाहेक सबै व्यवसाय बन्द

कोभिड–१९ को संक्रमण तीव्र रूपमा फैलिएपछि काठमाडौं उपत्यकामा १६ वैशाख बिहान ६ देखि एक साताका लागि निषेधाज्ञा लागू गरिएको छ। निषेधाज्ञा अनुसार, खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीबाहेक सबै पसल तथा व्यवसाय बन्द गरिएको छ।

खाद्य सामग्रीका पसल बिहान १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्न पाइनेछ। डिपार्टमेन्टल स्टोरमा ग्रोसरी कक्ष मात्र बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोल्न पाइने बताइएको छ।

यस अवधिमा सबै रेस्टुरेन्ट, कपडा पसल तथा अन्य व्यवसाय बन्द हुनेछन्।

निषेधाज्ञाले विकास निर्माणका काममा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका लागि सम्बन्धित आयोजना प्रमुखको सिफारिशका आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको अनुमतिपत्र लिएर मात्र सञ्चालन गर्न पाइने उल्लेख गरेको छ।

तत्काल हवाइ उडान बन्द नगर्ने सरकारको निर्णय

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार