आज पहाडी क्षेत्रमा चट्याङसहित वर्षाकाे सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान देशको पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार देशका पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार