पारस खड्का दशककै उत्कृष्ट खेलाडी घोषित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का पछिल्लो दशकको उत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा पारसले दशककै उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका हुन्।मंगलबार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा पछिल्लो दशक नेपाली क्रिकेटमा एकछत्र राज गरेका पारस सम्मानित भए।

नेपाली क्रिकेटलाई विश्व क्रिकेट लिग डिभिजन पाँचबाट चार, तीन र दुई हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाउनमा पारसको व्यक्तिगत प्रदर्शन तथा नेतृत्वदायी भूमिका महत्वपूर्ण रहेको छ। सन् २०१३ मा यूएईमा भएको एसिसी ट्रफी जिताउन सफल कप्तान पारसले लगत्तैको वर्ष नेपाललाई पहिलो र अहिलेसम्मकै एकमात्र ट्वान्टी २० विश्वकप सम्म पुर्याउँदा सफल नेतृत्व गरेका थिए।

मञ्चले प्रत्येक वर्ष अघिल्लो वर्ष उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई पुरस्कृत गर्ने गरेकोमा यसपालि भने पछिल्लो दशकभरको सफलतालाई मानक मान्दै अवार्ड वितरण गरेको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार