राप्रपा नेपाललाई काँग्रेस कम्युनिस्टको विकल्पको रुपमा अघि बढाउँछु- कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका तीता कुरा बिर्सने बताएका छन् । मंगलबार जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले विगतका त्रुटिलाई सच्याएर आगामी दिनमा शसक्त रुपमा अघि बढ्ने बताएका छन् ।

थापाले राप्रपा नेपालसँग अत्यन्तै बलियो र जनताको भावनाको सम्मान गर्ने बिचार भएको बताउदै आफू पार्टी उठाउन दिनरात मेहनत गर्न तयार भएको समेत बताए ।

उनले धर्म परिवर्तनको डढेलोले सामाजिक सद्भाव खल्बलिने तर्फ चिन्ता ब्यक्त गरे । थापाले भ्रस्टाचार र बेरोजगारीको डरलाग्दो बढोत्तरिलाई रोक्ने तर्फ कसैको चासो नदिएको भन्दै आक्रोश ब्यक्त गरे । राप्रपा नेपाललाई काँग्रेस कम्युनिस्टको विकल्पको रुपमा अघि बढाइने भन्दै थापाले आर्थिक क्रान्तिको विषय कसैको प्राथमिकतामा नपरेको राजनैतिक एजेन्डामा मात्र सवै अलमलिएको आरोप लगाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार