टी-२० र एकदिवसीय सिरिजका लागि नेपाली टिम घोषणा, अटाएन ज्ञानेन्द्रको नाम

काठमाडौं । नेपालले घरेलु मैदानमा खेल्ने एकदिवसीय र टी २० सिरिजको लागि छुट्टा छुट्टै राष्ट्रिय टिम घोषणा गरिएको छ। नेपाल क्रिकेट संघले दुवै टिमको कप्तानमा सन्दीप लामिछानेलाई निरन्तरता दिएको छ।

टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल टिमबाहिर परेका छन् । निरन्तर खराब प्रर्दशन गरिरहेका मल्ल र बिनोद भण्डारीलाई बाहिरै राखेर क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले एकदिवसीय र टी–ट्वान्टी टिमको घोषणा गरेको हो । त्यस्तै राष्ट्रिय टोलीका भेट्रान खेलाडी शरद भेषवाकर पनि दुवै सिरिजका लागि घोषित टोलीमा परेका छैनन् ।
यस्तै पूर्वकप्तान ज्ञानेन्द्र मल्ल दुवै टिममा पर्न असफल भएका छन्। यस्तै टिममा विकेटकिपर ब्याट्सम्यान विनोद भन्डारी पनि छैनन्।

एकदिवसीय टिममा देव खनाल र टी(२० टिममा अदिल अन्सारीले पहिलो पटक स्थान पाएका छन्।

नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्दैछ। लगत्तै नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच टी २० सिरिज हुनेछ। दुवै सिरिज त्रिवि मैदान कीर्तिपुरमा हुने क्यानले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार