विवाह गर्न अस्वीकार गर्दा गोली हानी युवतीको हत्या

काठमाडौं । विवाह गर्न अस्वीकार गर्दा पाकिस्तान एक युवतीको गोली हानी हत्या गरिएको छ । उनलाई जबरजस्ती धर्म परिवर्तन गरि विवाह गर्न खोजीएको थियो । तर उनले अस्वीकार गरेकी थिइन । त्यसपछि उनको हत्या गरिएको हो ।

सुक्कर जिल्लामा बालिकाले अपहरणको विरोध गरेपछि अपहरणकारीले उनको टाउकोमा गोली हानेका हुन् । बालिकाको नाम पूजा कुमारी ओडे हो, उनको उमेर १८ वर्ष छ । जबरजस्ती धर्म परिवर्तन र अपहरणको असफल प्रयासपछि उनको हत्या भएको थियो।

सुक्कर जिल्ला एसपीले पूजाको हत्याका मुख्य अभियुक्त वाहिद बक्श लासारीलाई पक्राउ गरिएको बताए । लसरीबाट हतियार पनि प्रहरीले बरामद गरेको छ । आरोपी वाहिद बक्सले पूजालाई अपहरण गरेर उनीसँग विवाह गर्न चाहेको एसपीले बताए ।

पूजाका बुबाले इन्डिपेन्डेन्ट उर्दूलाई भने कि सिन्धमा हिन्दू केटीहरूलाई अपहरण र जबरजस्ती धर्म परिवर्तनका धेरै घटनाहरू छन्, तर यी घटनाहरूमा हिन्दू केटीहरूले स्वेच्छाले इस्लाम धर्म परिवर्तन गरेको बताइएको छ। मेरी छोरीले विवाह र धर्म परिवर्तन गर्न अस्वीकार गरेपछि उनको हत्या भयो।

पूजाका बुवाले भने ‘आरोपितले विगत केही महिनादेखि मेरी छोरीलाई दुव्र्यवहार गर्दै आएका थिए । उनी पटक–पटक जबरजस्ती घरभित्र पसे । सुक्कर प्रहरीसँग पनि सुरक्षा मागेँ तर प्रहरीले सुरक्षा दिएन ।’ घटनापछि आफन्तले शव राष्ट्रिय राजमार्गमा राखेर विरोध समेत गरेका थिए । जसका कारण करिब २ घण्टा राजमार्ग जाम भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार