‘टिम अफ द इयर’ अवार्ड राष्ट्रिय फुटबल टिमलाई

पल्सर स्पोर्टस् अवार्ड ०७७ को ‘टिम अफ द इयर’ मंगलबार नेपाली राष्ट्रिय फुटबल टिमलाई प्रदान गरिएको छ । प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा रहेको नेपाली टिमले वर्ष ०७७ मा काठमाडौंमा भएको थ्री नेसन्स कप जितेको थियो ।

नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफ ले मंगलबार आयोजना गरेको १८औं संस्करणको अवार्ड समारोहमा फुटबल टिम वर्षकै उत्कृष्ट घोषित भएको हो ।

फुटबल टिमले २०७७ साल चैत महिनामा दशरथ रंगशालमा आयोजना भएको थ्री नेशन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।

बंगलादेश र कीर्गिस्तानको यू२३ टिम सम्मिलित उक्त प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गर्दै उपाधि जितेको थियो । घरेलु भूमिमा नेपालले ३७ वर्षपछि जितेको त्यो पहिलो उपाधि समेत हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार