नकारात्मक टिप्पणीपछि वर्षाले हटाइन बिकिनी तस्बिर

अभिनेत्री वर्षा सिवाकोटीले फेसबुकमा सेयर गरेको तस्बिर डिलिट गरेकी छिन् । तस्बिरमा नकारात्मक कमेन्टको ओइरो लागेपछि उनले हटाएकी हुन् ।

वर्षाले हरियो रङको स्विमसुट लगाएका केही तस्बिर आफ्नो फेसबुक र इन्स्टाग्राममा सार्वजनिक गरेकी थिइन् । उनले ती तस्बिर अमेरिका भ्रमणमा रहेका बेला समुद्री तटमा खिचेकी थिइन् ।

तर वर्षाको बिकिनी तस्बिरमा नकारात्मक कमेन्टको आइरो नै लाग्यो । यी तस्बिरमा धेरैले उनको र राज कट्वालबीचको सम्बन्धको कुरासमेत झिके । यस्ता नकारात्मक कमेन्टको बाढी आएको उनको बिकिनी तस्बिरसहितको पोस्टलाई वर्षाले अन्ततः डिलिट गरेकी छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार