पीएनजीले दियो नेपाललाई १ सय ७४ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट वल्ड कप लिग टूमा पापुवा न्युगिनीले नेपाल सामु जीतका लागि १ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको हो ।

पपुवा न्युगिनीका लागि कप्तान असद भालाले सर्वाधिक ४५ रन बनाए । उनले यस क्रममा ३ चौका हिर्काए । त्यस्तै, च्याड सोपरले २२ रन लेगा सियाकाले २० रन बनाए । नेपालका लागि कप्तान सन्दिप लामिछाने तथा सोमपाल कामीले २–२ विकेट लिए । आरिफ शेख, दिपेन्द्र सिंह ऐरी तथा पवन शर्राफले १–१ विकेट लिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार