पूर्वमन्त्री प्रेमबहादुर सिंहको पार्टी एमालेमा विलय

काठमाडौं पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा विलय भएको छ । अध्यक्ष सिंहसहित सिंगो पार्टी पंक्ति नै एमालेमा प्रवेश गरेको हो । उनलाई आज काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७३ सालमा प्रधानमन्त्री हुँदा उनी खानेपानी मन्त्री बनेका थिए । उनीसँगै अभिनेत्री करिश्मा मानन्धर समेत एमाले प्रवेश गरेकी छिन् । एमाले पार्टी कार्यालय बबरमहलमा भएको कार्यक्रममा अन्य पार्टीका दर्जनौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार