नेताहरुले गल्ती स्वीकार गर्नासाथ वाम एकता हुन्छ : घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले शिर्ष नेताहरूले गल्ती स्वाकार गर्नासाथ वाम एकता हुने बताएका छन् । आज काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै भुसालले वाम एकता स्थिरतासँग सम्बन्धित रहेको बताए।

उनले वाम एकताको पहल गर्ने काम पनि एमालेले गर्नुपर्ने बताए। पार्टीको पोलिटब्युरो बैठकमा पनि भुसालले वाम एकताको कुरा राखेका थिए।

‘यो स्थिरतासँग सम्बन्धित छ, वाम एकताको नेतृत्व एमालेले गर्नुपर्छ। एकताको लागि पहल गर्ने आज पनि दायित्व एमालेकै हो,’ भुसालले भने।

हिजो एउटै दल नेकपामा रहेकाहरू प्रतिनिधि सभा विघटनपछि नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बने पनि यी तीन दलका बीचमा वैचारिक र सैद्धान्तिक समस्या नरहेको उनको भनाइ थियो।

‘तीन पार्टीमा वैचारिक र सैद्धान्तिक समस्या छैन। हामी जाने बाटो एउटै हो भने तीन पार्टी किन चाहियो ?,’ उनले भने, ‘हामी विभाजन भएको ०७७ पुसमा प्रतिनिधि सभा विघटनले हो। त्यो मामिला सर्वोच्च अदालतले टुंगो लगाइसक्यो।’

भुसाल र पन्तले गरेकाे वाम एकताको प्रस्ताव ओलीद्वारा ठाडै अस्वीकार

 

वामपन्थीहरूको फेरि एकता होला भन्ने चिन्ता छ : काँग्रेस नेता कोइराला

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार