वामपन्थीहरूको फेरि एकता होला भन्ने चिन्ता छ : काँग्रेस नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वाम दलहरू फेरि मिल्न सक्ने सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मंगलबार विराटनगरस्थित कोइराला निवासमा पार्टीको चुनावी गीत सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै नेता कोइरालाले काँग्रेसलाई वाम एकताको डर रहेको बताएको हुन् ।

भने, ‘अहिले मेरो देशभरिका कार्यकर्ता साथीहरूसँग कुराकानी भइरहेको छ। सबैको मत गठबन्धन गरेर जानु हुँदैन भन्नेछ। तर, यसो भनिरहँदा २०७४ मा जस्तो एमाले र माओवादीहरू फेरि मिल्लान् कि भन्ने चिन्ता पनि छ।’

पछिल्लो समयमा कांग्रेस एक्लै चुनावमा जानुपर्ने पक्षमा दृढतापूर्वक उभिएका नेता कोइरालाले कांग्रेस एक्लै अघि बढ्दा वामपन्थीहरू फेरि मिल्न सक्ने जोखिम औंल्याएका हुन्।
‘यसअघि पनि माओवादी, जसपा लगायतका दलसँग गठबन्धन गरियो। हामीले सबैलाई सिट छोड्यौं, कांग्रेसलाई कसैले छाडेन,’ कोइरालाले थपे,‘त्यसैले गठबन्धन केका लागिरु अर्को दललाई जिताउनका लागि कि आफूलाई भन्नेमा नेतृत्वले ध्यान दिनु आवश्यक छ। ’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार