चीन-अमेरिका विवाद फेरि सतहमा, विदेशमन्त्रीहरुबीच चर्को आरोपप्रत्यारोप

चीनले अमेरिकाका विदेश मन्त्री एन्टनी ब्लिङ्कनको चीनबारे ताजा बयानमा कडा आपत्ति जताउँदै उनीहरुले चीनबारे झुटो फैलाइरहेको आरोप लगाएको छ । चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिंगले अमेरिकालाई संवेदनहीनको उपमा दिएकी छिन् । उनले ट्वीटरमा भनिन्, ‘चीनका जनता यात्रु विमान दुर्घटनाबाट आहत भइरहेका बेला अमेरिकी विदेशमन्त्रीले चीनमा ‘नरसंहार’ बारे झुटो फैलाइरहेका छन् । यो कति संवेदनहीन हो ।’

अमेरिकाका विदेशमन्त्रीले होलोकास्ट म्युजियमको आठौँ वर्षगाँठमा सोमबार होलोकास्टपछि अमेरिकाले सात पटक नरसंहार गरिएको छ भनेर निष्कर्ष निकालेको बताएका छन् । यसै क्रममा उनले बर्मामा रोहिङ्ग्याविरुद्ध नरसंहारको कुरा गरे र चीनबारे पनि उल्लेख गरे । चीनबारे कुरा गर्दै ब्लिङ्कनले भने, ‘मानवाधिकारको हनन गर्नेहरुले यसको नतिजा भोग्नुपर्नेछ । अमेरिकाले चीनभित्र र बाहिर असन्तुष्ट र मानवाधिकारको रक्षा गर्नेहरुको दमनको कोसिसका लागि चीनका थुप्रै अधिकारीमाथि भिसामाथि प्रतिबन्ध लगाएको छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार