सीजी टेलिकमले सरकारबाट करोडौं लुटेको छ, फिर्ता गर्नुपर्छ : नेता बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सीजी टेलिकमले सरकारसंग लुटेको रकम फिर्ता हुनुपर्ने बताएका छन् । उनले ग्रामीण दूरसंचार पुर्वाधार विकासका नाममा सीजी टेलिकमले सरकारसंग करोडौं रकम लुटेको आरोप समेत लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत नेता बास्कोटाले १६ जिल्लामा पिसीओ राख्न अनुदान लगेको एक करोड १८ लाख डलर सरकारबाट सीजीले लुटेको रकम फिर्ता गर्नुपर्ने बताएका छन् ।
बांस्कोटाले यसअघि संचारमन्त्री भएको बेला पनि सिजी टेलिकमले सरकारबाट लिएको अनुदान रकम हिनामिना भएको भन्दै प्रश्न उठाएका थिए ।

यसअघि एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका पूर्वमन्त्री बांस्कोटाले टिवटरमै लेखेका थिए ‘सरकारले बीस अर्ब लिएर दिनु पर्ने एकिकृत दुरसन्चार सेवा सन्चालन अनुमती पत्र ग्रामीण दुरसन्चार सेवा सन्चालन अनुमती पत्रका नाममा पच्चिस लाखमै दिने तयारी तिब्र। जय परमादेशी कम्फर्टेवल । ’

सीजीले आधारभूत टेलिफोन सेवाको अनूमतिपत्र लिन लामो समयदेखी प्रयास गरिरहेको छ । तर, उसले सबै प्रक्रिया पुरा नगर्दा अहिलेसम्म लाइसेन्स भने पाएको छैन् । संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की भने अहिले सीजीलाई लाइसेन्स दिने गृहकार्यमा लागेको स्रोत बताउंछ ।

यसअघि चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले सीजी टेलिकम विरूद्ध अफवाह फैलाईरहेका एक पूर्व मन्त्रीले २५ लाखमा लाईसेन्स दिन लागिएको भनेर अर्को अफवाह फैलाएको आरोप लगाएपछी बांस्कोटाले त्यसको जवाफ दिएका हुन् । निर्वाणले अगाडी भनेका थिए ‘यो त कुनै टेलिकमका लागि उहांहरूले मिलाएको प्रपञ्च थियो । सीजी टेलिकमले एनटीसी, एनसेलले जस्तै प्रकृयाबाट २० अर्ब भुक्तानी गर्ने हो । हालसम्म ७० करोड त तिरिसक्यौं ।’

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी कांग्रेसका केन्द्रीय सदस्य तथा समानुपातिक सांसद छन् । उनले सत्ताको आडमा लाइसेन्स लिन प्रयास जारी राखेका छन् । तर, उनको लागि नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समिति बाधक बनेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार