पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल, सुधार होला त ब्याटिङ ?

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ । दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । पीएनजीले केहिबेरमा नेपालविरुद्ध ब्याटिङ थाल्नेछ । पहिलो खेलमा पीएनजीलाई दुई विकेटले हराएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ ।

तर, पछिल्ला दुई खेलमा कमजोर देखिएको नेपाललाई पीएनजीसँग डर छ । किनभने पीएनजीले घरेलु टोली यूएईलाई सहजै हराएको थियो । ​पीएनजीसँगको इतिहास हेर्दा नेपाल बलियो टोली हो । तीन एकदिवसीय खेल खेलेको छ ।

सबै खेलमा नेपालले जित निकालेको छ । यूएई सिरिजको तीन खेल खेलिसक्दा पछिल्लो दुई खेलमा नेपाल पराजित भएको छ । नेपालले दुई खेल यूएईसँग हारेको थियो भने पीएनजीले तेस्रो खेलमा यूएईलाई हराएको थियो । लिग टूमा नेपाल ११ खेलमा ५ जित निकाल्दै १० अंक बनाएर तालिकाको छैटौं स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार