रुसी राष्ट्रपति पुटिन, जसले विश्वको स्वरूप नै फेरिदिए

काठमाडौं । रुसी राष्ट्रपतिभ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गरेपछि विश्वको परिस्थिति फेरिएको छ। यो नयाँ तर अझ खतरायुक्त समय हो। बर्लिनको पर्खाल ढलेपछि आरम्भ भएको शीतयुद्धपछिको कालखण्ड अब समाप्त भएको छ।

ठूलो ऐतिहासिक प्रभाव भएको घटना भएको क्षणमा बाँच्नु र त्यसलाई सँगसँगै बुझ्नु दुर्लभ कुरा हो। सन् १९८९ को नोभेम्बरमा म तात्कालिक चेकोस्लोभाकियाको राजधानी प्रागस्थित वेन्सेल्स स्क्वाएरमा उभिएर नयाँ संसारको जन्म हुँदै गरेको नियाल्दैथिएँ।

कम्युनिस्ट शासन भएको पूर्वी युरोपका जनता तानाशाहविरुद्ध उभिएका थिए, बर्लिनको पर्खाल ढालिएको थियो र विभाजित युरोप फेरि एक बनेको थियो।
प्रागमा सरकारसँग असन्तुष्ट नाटककार भक्लाभ हाभलले दोस्रो तत्लाको कौसीबाट ४,००,००० मानिस उपस्थित सभालाई सम्बोधन गरिरहेका थिए। त्यही साँझ कम्युनिस्ट सत्ता ढल्यो र केही हप्तामै हाभल नयाँ प्रजातान्त्रिक मुलुकको राष्ट्रपति बने।

फ्रान्सेली क्रान्तिपछि यो त्यहाँका जनताको बुझाइमा यो छैटौँ ऐतिहासिक क्षण थियो। तर लोकप्रिय क्रान्तिहरूपछि बनेको त्यो विश्वसंरचना पुटिनले युक्रेनमा आक्रमणका लागि सेना पठाएसँगै अन्त्य भएको छ। यसलाई विभिन्न राजनीतिज्ञहरूले ऐतिहासिक क्षणका विभिन्न नाम दिएका छन्।

सिरियामा रुसी रकेट आक्रमणमुनि लामो समय बिताएका उनले अवस्था नजिकबाट नियालेका छन्। तर प्रजातान्त्रिक सरकारहरूले पुटिनको सत्ताको शैलीबारे कति ध्यान पुर्‍याएका छन् त ?
विगत चार वर्षयता यसबारे प्रमाणहरू जुट्दै गएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार