गुल्मी अस्पतालमा बिरामीको संख्या बढेपछि टोकन प्रणाली

गुल्मीको सरकारी अस्पतालमा विरामीको चाप बढेको छ । बिरामीले घण्टौंसम्म लाइन बस्नुपर्ने सास्ती व्यर्होन थालेका छन् । यहि समस्यालाई मध्यनजर गर्दै उक्त अस्पतालमा टोकन प्रणाली लागु गरिएको छ । गुल्मी अस्पताल बिकास समितिका नवनियुक्त अध्यक्ष भरत पाण्डेले टोकन प्रणाली लागू गरिएको बताए ।

टोकन प्रणाली शुरु भएपछि अस्पतालको बहिरंग विभागमा आएका बिरामीले टिकट काट्न र डाक्टरलाई जाँच गराउन लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने उनको विश्वास छ । गुल्मी जिल्ला अस्पतालमा दैनिक तीन सय भन्दा बढी बिरामी बहिरंग विभागमा आउने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा उत्तम पच्याले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार