तत्काल हवाइ उडान बन्द नगर्ने सरकारको निर्णय

सरकारले हवाई उडान चालु राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडानतत्काल नरोक्ने निर्णय गरेको हो ।

अन्तराष्ट्रिय हवाई उडानबाट आएका नेपालीहरुलाई १० दिन होम क्वारेन्टिन र विदेशी नागरिकलाई होटल क्वारेन्टिनमा राखिनेछ । आन्तरिक उडान र अन्तर्राष्ट्रिय सीमा नाका व्यवस्थित गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । तर, हवाई यात्रुहरुले स्वास्थ्यसम्बन्धी मापदण्डहरु भने कडाइपूर्वक पालना गर्नुपर्ने उनले बताए ।

उनका अनुसार हवाई यात्रुहरूमा स्वास्थ्य प्रोटोकल कडाइपूर्वक पालना गरेरनगरेको निगरानी सम्बन्धित निकायले गर्नेछ । प्रतिकूल अवस्था आए जुनसुकै बेला हवाइ उडानबारे थप निर्णय गर्न सकिने बैठकले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार