धनराज गुरुङले गरे प्रचण्डको भिखारीसँग तुलना

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कहिले कचौरा लिएर बालकोट त कहिले बालुवाटार पुग्ने गरेको भन्दै कटाक्ष गरेका छन् ।स्व गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा गुरुङले प्रचण्डलाई भिखारीसँग तुलना गरेका हुन् ।

गुरुङ केही दिनअघि प्रचण्ड समेतका नेतालाई लक्षित गर्दै ‘चमेराहरु चुनावमा कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्दैछन्’भन्ने अभिव्यक्ति दिएका थिए ।

यसअघि प्रचण्डले आफूहरुमाथि कांग्रेस नेताहरुले अतिवादी अभिव्यक्ति दिएको भन्दै प्रतिवाद गरेका थिए । गुरुङले सोमबार प्रचण्डलाई भने, ‘गिरिजाले आफू हारेपनि देश हार्न हुन्न भन्थे, उता सँगै हस्ताक्षर गर्ने प्रचण्डचाहिँ आफू हार्न हुन्न देश हारे हारोस भन्छन् । तपाईं प्रचण्ड लाई हेरेर बिचरा भन्न मनलाग्यो । कहिले कचौरा लिएर बालकोट पुग्नु हुन्छ कहिले बालुवाटार ’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार