धनकुटामा क्रियाशिल चार राजनीतिक दलले स्थानीय चुनावमा गठबन्धन गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीच त्यस क्षेत्रमा चुनावी तालमेल गर्ने भएका हुन् । चार पार्टीका जिल्ला संयोजकहरुले सोमबार विज्ञप्ती निकालेर चुनावी गठबन्धन गर्ने प्रतिवद्धता जनाएका हुन् ।
धनकुटामा क्रियाशिल चार दलले अन्य लोकतान्त्रिक दललाई पनि गठबन्धनमा आवद्ध हुन आग्रह पनि गरेका छन् ।सामुहिक मर्म, भावना र उद्देश्य पूरा गर्नका लागि राष्ट्रिय र प्रदेश तहमा जसरी गठबन्धन गरिएको छ त्यसैगरी स्थानीय तहमा समेत आवश्यकताका आधारमा सहकार्य गर्ने उनीहरुको विज्ञप्तिमा उल्लेख छ ।
‘हाम्रा सांगठानिक संरचनालाईसमेत स्थानीयस्तरमा गठबन्धनको बैठक, भेलाको आयोजना गरी सोही मर्म र भावना अनुसार चुनावी अभियानमा लाग्न निर्देशन गर्दछौं’, चार दलको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।