पछिल्लो समय नेपालमा कोरोना संक्रमणको अवस्था कस्तो छ ?

काठमाडौं । नेपालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ९ सय ७८ पिसिआर परिक्षणका क्रममा ४१ जना र १ हजार ७ सय ७४ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १ सय ४७ जना कोरोना मुक्त हुदा हालसम्म नेपालमा ९ लाख ६३ हजार १ सय ११ जना निको भएका छन् । हाल नेपालमा ३ हजार १ सय ३५ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार