सोनमका उत्पादनमा ७० प्रतिशतसम्म छुट

सोनमले विन्टर सेल अफर सार्वजनिक गरेको छ । उक्त अफरअन्तर्गत सोनमका उत्पादनहरूमा ७० प्रतिशतसम्म छुट हुँदैछ । यो विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको छ ।

चैत्र १ गतेदेखि चैत्र १७ गतेसम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनमले विन्टर सेल अफर सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको हो ।

सोनम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदालगाउने पोसाक, टेन्ट, ब्यागलगायतका उत्पादन छन् ।

सोनमको सोरुमहरू काठमाडौंमा ठमेलको क्वाबहाल, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिबुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, नाम्चे तथा पोखराको लेकसाइड र न्युरोडमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार