काठमाडौं । विभिन्न ५८ वटा राजनीतिक दलले जिल्लास्तरको संगठन संरचना र जिल्ला समितिको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
निर्वाचन आयोगले राष्ट्रिय मान्यताप्राप्त बाहेकका दललाई जिल्लागत संगठन सरचना र जिल्ला समितिको विवरण बुझाउन ६ चैतसम्मको समय दिएको थियो ।
निर्धारित मितिसम्म ५८ दलले विवरण बुझाएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।तर, कुन दलको कुन कुन जिल्लामा संगठन संरचना र जिल्ला समिति छ भन्नेबारे भने आयोगले खुलाएको छैन ।
निर्वाचन आयोगले स्थानीय तहको चुनावमा राष्ट्रिय मान्यताप्राप्त बाहेक अरु दललाई सम्बन्धित दलकै चुनाव चिह्न दिन जिल्लागत विवरण माग गरेको थियो ।