बि एण्ड सी मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य विमा कार्यक्रम सुरु

काठमाडौं । बिएण्डसी मेडिकल कलेजले झापाको बाह्रदसी गाउँपालिकाका १५ सय गरिव एवं विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ। सोमबार कलेजले एक कार्यक्रम आयोजना गरी उक्त कार्यक्रमको औपचारिक रुपमा सुरुवात गरेको हो ।

कार्यक्रम मार्फतअस्पतालका कार्यकारी निर्देशक तथा नेकपा एमाले केन्द्रीय नेता दुर्गा प्रसाईले अस्पतालको तर्फबाट प्रति परिवार ३५०० बीमा शुल्क तिरिदिने घोषणा गरेका छन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘म दानवीर हैन। तर, म नेपाल आमाको छोरा भएकोले दुख थोरै बाडौं भनेर म यहाँ आएको हुँ। शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुराबाट नागरिक बन्चित हुनु हुँदैन भन्ने मेरो धारणा हो। अहोरात्र नागरिकको सेवामा खटिरहेको हाम्रो अस्पतालले उपचारका लागि आएका नागरिकलाई हुने सक्ने सेवा सुविधामा छुट गरिदिने छ।’ आर्थिक अभावका कारण उपचारबाट कोहि बन्चित नहोस् भन्ने उद्देश्यले स्वास्थ्य विमामा समाहित गराउने अभियान सुरु गरेको कार्यकारी निर्देशक प्रसाईले बताए ।

कार्यक्रममा प्रदेश संसद वसन्त बानियाँकाे समेत उपस्थीती रहेकाे थियाे । बानियाँले झापाका विकट स्थानमा ‘निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम’ स्वस्थ नागरिक बनाउने  महाअभियान भएकाे बताए । उनले भने, ‘यस क्षेत्रको स्वास्थ्य सेवालाई नयाँ उचाईमा लग्नेछ । निशुल्क स्वास्थ्य बीमाले बिमाको पहुँचमा नभएकालाई राज्यले दिएको सेवा लिन सक्छन् ।’

उक्त अभियान निरन्तर हुनेमा आफु विश्वस्त रहेको उनले बताए । निशुल्क स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य क्षेत्रका लागि अस्पतालको महत्वाकांक्षी योजना रहेको पुर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्रकुमार यादवले बताए। ‘यसबाट पिछडिएका नागरिकलाई ठूलो राहत मिल्ने छ । अझ क्यान्सर बिरामीको लागि यो पैसा ठुलो सहयोग हो, ‘उनले भने । पुर्वाञ्चल क्यान्सर अस्पतालले ४० वर्ष माथिका महिलाको पाठेघर र स्तन क्यान्सरको निशुल्क स्क्रोनिङ गरिरहेको उनको जानकारी गराए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार