पोखरामा वृद्धा हत्याको आरोपमा उनकै छोरा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१२, शीतलादेवीकी ६७ वर्षकी नौमाया नेपाली ४ चैतको विहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् ।
उनको हत्या आरोपमा छोरा ३६ वर्षका ओमबहादुर नेपाली र ओमका साथी ३७ वर्षका कुमार गुरुङ पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आमाको जग्गा बेच्न नदिएको निहुँमा ओमले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
ओमबहादुरले पोखरा महानगरपालिका–१२ स्थित घर र जग्गा बेच्न खोजेका थिए । तर आमा नौमायाले बेच्न मानेकी थिइनन् । त्यसपछि माटेपानी बस्ने साथी कुमार गुरुङलाई एक लाख दिने शर्तमा हत्यामा सहयोग मागेको खुलेको प्रहरीले जनाएको छ ।