सबैलाई समान स्थान दिन जनप्रतिनिधिको राजीनामा : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरुलाई समान मैदान दिन स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरिएको स्पष्टीकरण दिएको छ ।सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिकराम शर्मा पौडेलले स्वतन्त्र, स्वच्छ र भयमुक्त वातावरणमा चुनाव गर्नु आयोगको दायित्व भएको बताए । उनले अघि भने, ‘यसले उम्मेदवार भएका सबैलाई समान मैदान उपलब्ध गराउँछ ।’

आयोगले हालै स्वीकृत गरेको निर्वाचन आचार संहितामा स्थानीय तहका जनप्रतिनिधिहरुले उम्मेदवार बन्न चाहे राजीनामा दिनुपर्ने व्यवस्था गरिएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले यसको आलोचना गरेको छ ।

यदि यो व्यवस्था नगरेको धेरैको उम्मेदवारी रद्द हुने खतरा रहेको उनले बताए । धारा ३०६ ले सुविधालाई पनि पारिश्रमिकमा समेटेको र स्थानीय तह निर्वाचन नियमावली–२०७ को अनुसूची १ मा उम्मेदवारले सार्वजनिक पदमा बहाल छैन, लाभको पद धारण गरेको छैन भनेर मनोनयनपत्रमा स्वघोषणा गर्नुपर्ने उल्लेख रहेको भन्दै प्रवक्ता पौडेलले भने, ‘पदमै बहाल रहेर स्वघोषणा गर्दा भोलि उजुरी पर्‍यो भने उम्मेदवारी रद्द हुनसक्थ्यो ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार