माओवादी बागलुङका अध्यक्ष केसीद्वारा पार्टी परित्यागको घोषणा, एमाले प्रवेशको तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्र बागलुङ नगरका अध्यक्ष इन्द्र केसी ‘पारस’ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । केसीले सोमबार एक विज्ञप्ती जारी गर्दै माओवादी केन्द्र पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलले राष्ट्रियताको सावालमा खेलेको दोहोरो भूमिका र एमसीसी प्रकरणका कारण आजकै मितिदेखि माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्दछु’ विज्ञप्तीमा भनिएको छ । माओवादीले जनयुद्धमा उठाएको मुद्दा विर्सदै गएको आरोप नेता केसीको छ ।

उनले आफू माओवादी केन्द्रको राजनीतिमा दृणतापूर्वक उभिदै आएपनि पार्टी सिद्धान्त विपरित जान थालेपछि पार्टीबाट अलग हुँने निर्णयमा पुगेको विज्ञप्तीमा उल्लेख गरेका छन् । माओवादी छोडेसँगै नेता केसी एमाले प्रवेशको तयारीमा रहेका छन् । उनी निकट नेताहरुका अनुसार उनी छिट्टै नै एमाले प्रवेश गर्ने छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार