दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबारमा देखिएन उल्लास

काठमाडौं । साताको पहिलो दिन दोहोरो अंकले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार भने दोहोरो अंकले नै बढेको छ । नेप्से परिसूचक १७ दशमलव ९९ अंकले २ हजार ६ सय ३४ दशमलव ५७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.८८ अंकले सुधारिएको छ । ‘क’ वर्गमा २५ वाणिज्य बैंकसहित ३६ वटा कम्पनीहरु रहेका छन् ।

नेप्से परिसूचक उकालो लागे पनि कारोबारमा भने उल्लास देखिएन । दिनभर भएका ३७ हजार ९३९ कारोबारबाट २३१ कम्पनीका ५१ लाख ८९ हजार ८३ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँ पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार