नासाले बाहिर निकाल्यो चन्द्रमामा मानिस पुर्‍याउने रकेट (फोटोसहित)

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मानवसहित चन्द्रमामा पठाउन तयार गरेको विशाल रकेट प्रक्षेपण केन्द्रमा पुर्‍याएको छ।

इञ्जिन जाँचका लागि स्पेस लञ्च सिस्टम एसएलएस भनिने उक्त यान फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरको प्याड ३९ बी मा लगिएको हो।

जाँच सफल भए यो रकेट चन्द्रमामा मानवरहित परीक्षण क्याप्सुल लिएर जाने कामका लागि तयार हुने छ। तर त्यसका लागि अझै केही महिना लाग्ने छ।

यो दशकको अन्त्यतिर अन्तरिक्षयात्रीहरू एसएलएसमा सवार भएर चन्द्रमाको सतहमा पुग्ने आकलन गरिएको छ।अन्तरिक्षयानलाई प्रक्षेपण केन्द्रमा लगिँदै गरेको दृश्य हेरेपछि नासाका प्रशासक बिल नेल्सनले अन्तरिक्ष अन्वेषणको सुनौलो युगमा प्रवेश गर्न लागेको बताए।

उनले नासाको आर्टेमिस कार्यक्रमले मङ्गल ग्रहमा मानव पुर्‍याउने लक्ष्यका लागि फड्को मार्ने बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार