युएई दियो नेपाललाई २०३ रनको लक्ष्य

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग दुई अन्तर्गतको आयोजक युएईले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ ।दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २ सय २ रन जोड्यो ।

युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रनको योगदान गरे ।मुस्तफाले ५० औं एकदिवसिय खेलमा एक हजार रन समेत पुरा गरेका छन् ।ओपनर मुहम्मद रिजवानले ३३ रन जोडे । चिराग सुरीले २६ रनको योगदान गरे ।

अरविन्दले २४ रन जोडे । बसिल हमिद १७ रनमा आउट भए । करण केसी र सोमपाल कामीले समान दुई विकेट हात पारे ।आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार