काठमाडौं । पाँचौं बिमस्टेक शिखर सम्मेलनमा भाग लिन परराष्ट्र मन्त्री नारायण खड्का श्रीलंका जाने भएका छन्।परराष्ट्र मन्त्री खड्का र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालसहित नेपाली प्रतिनिधिमण्डलको टोली श्रीलंका जाने भएको हो।
यही चैत १६ मा बिमस्टेक सदस्य राष्ट्रहरूको पाँचौं शिखर सम्मेलन श्रीलंकामा हुँदैछ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले श्रीलंका जाने प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ। साथै बिमस्टेकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल रूपमा सम्बोधन गर्ने कार्यक्रम छ।