लोसपा त्यागेर जसपामा प्रवेश गरे वीरगञ्जका नेता राजेशमान सिंह

वीरगञ्जका चर्चित नेता राजेशमान सिंह जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । सोमबार वीरगञ्जमा आयोजित कार्यक्रममा नेता सिंह जसपामा प्रवेश गरेका हुन् ।

सिंह वीरगञ्जमा मधेस आन्दोलनको नेतृत्व गर्ने नेता मध्येका एक हुन् । नेता सिंहलाई जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले टीका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

नेता सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमाले जाने तयारी गरेका थिए । तर आफू भन्दा पहिले नै वीरगन्ज महानगरका मेयर विजय सरावगी एमाले प्रवेश गरेपछि उनी जसपा प्रवेश गरेका छन् ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं सांसद प्रदीप यादवले नेता सिंहलाई जसपाको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदको उम्मेदवार घोषणा गर्न नेतृत्वसँग आग्रह गरेका छन् ।

सिंहले २०४३ सालमा नेविसंघबाट राजनीति सुरू गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार