चिनियाँ विदेश मन्त्री ३ दिने नेपाल भ्रमणका लागि शुक्रवार नेपाल आउँदै

चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् । विदेश मन्त्री मन्त्री यी यही शुक्रवार चैत ११ गते नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले आज निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै विदेश मन्त्री वाङ यीले आफ्ना समकक्षी डा नारायण खड्कासँग द्विपक्षीय वार्ता गर्नेछन् । साथै उनले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार