लेटाङ घटनाका दोषीलाई कारवाही हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउने बताएका छन् ।

सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास पछि बोल्दै प्रधानमन्त्री देउवाले दोषीलाई कारबाही गर्ने बताएका हुन् । अपराधमा संलग्नले उन्मुक्ति नपाउने उनले बताए ।

उनले स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुने पनि बताए । सोमबार सुन्दरहरैँचा–८, सलकपुरमा प्रशासनिक भवन शिलान्यास गरिएको छ । भवन शिलान्यास अघि देउवाले नगरपालिकाले निर्माण गरेको अस्पताल उद्घाटन गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार