निर्वाचन आयोग एमालेविरुद्ध लागेर चुनाव सार्ने षड्यन्त्रलाई साथ दिँदै छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगको गतिविधि एमालेविरुद्ध भएको आरोप लगाएका छन् ।

सोमबार पार्टीको पोलिट्ब्यूरो बैठकमा सम्बोधन गर्दै उनले मतपत्रको रङ हरियो बनाउने, स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्नेजस्ता व्यवस्था एमालेविरुद्ध भएको बताएका हुन् ।

उनले निर्वाचन आयोगले भित्री रुपमा सत्तारुढ गठबन्धनका दलहरुसँगको परामर्शमा नियमहरू बनाएको आरोप लगाए ।निर्वाचन आयोगले आचारसंहितामा मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान राखेको छ ।

ओलीले स्थानीय तहमा नेकपा एमालेका जनप्रतिनिधिलाई अप्ठेरो पार्न आचारसंहितामा यो व्यवस्था राखिएको टिप्पणी गरे । प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धनको सरकार भएकाले यो व्यवस्था नराखिएको तर स्थानीय तहमा एमालेको वर्चश्व भएकाले यो व्यवस्था राखिएको ओलीले आरोप लगाए ।

‘आयुक्तहरुको नियुक्ति बदर गरिदियो भने निर्वाचन गराउन सक्छ कि सक्दैन भनेर छलफल भइरहेको छ,’ उनले भने, ‘तीन जनाको नियुक्ति बदर गर्ने र दुई जनाको मात्र उपस्थितमा निर्वाचन हुन सक्दैन भन्ने षडयन्त्र भइरहेको छ ।’

उनले अघि भने, ‘षडयन्त्रको विल भर्पाइ हुँदैन । त्यसकारण यसको प्रमाण छ भन्ने हुँदैन ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार