काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारिन्टाइन तथा होम आइसोलेसनमा बस्नुपर्ने

काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ । तीव्र रुपमा फैलिरहेकाले अब उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन तथा  होम आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अब अनिवार्य रुपमा क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने निर्णय गरेका हुन् ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुद्वारा सोमबार आदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिरहेकाले अब उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार